थाउजेन माइल्स ट्राभल्स दोस्रो बर्षमा
पाेखरा | पुस २२, २०८०
पोखरा: पोखराको लेकसाइडमा रहेको थाउजेन माइल्स ट्राभल्स एण्ड टुरिजम प्रा।लि। दोस्रो बर्षमा प्रवेश गरेको छ ।
ट्राभल्सले टिकेटिङ, टुर, ट्रेकिङको क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको म्यानेजिङ डाइरेक्टर देवेन्द्र अधिकारीले बताए ।
विश्वभरी नेपालको सौन्दर्य र विविधतालाई फैल्याउनु ट्राभल्सको मुख्य उद्देश्य रहेको र लुकेर रहेका पर्यटकीय गन्तब्यहरुको पहिचान गरी यात्रा गराउने लक्ष्य ट्राभल्सको रहेको अधिकारीको भनाई छ ।
नेपालमै बसेर पनि केहि गर्न सकिन्छ भन्ने योजनाका साथ ट्राभल्स सञ्चालन गरिएको र सञ्चालनको एक बर्षमा नै धेरैको मन जित्न सफल हुनुका साथै धेरैको रोजाइमा पर्नै गरेको जनरल म्यानेजर बिजय पौडेलले जनाए ।
हाल देशका युवा बिदेशिने क्रम बढ्दै गएको समयमा पनि रोजगारी र अवसर देखेर ट्राभल्स सगैँ टुरिजमको क्षेत्रमा कामको सुरुवात गरिएको पौडेलको भनाई छ । अहिले सम्म ट्राभल्सले ५ सय जना बिदेशी र २ सय जना नेपालीलाई सेवा प्रदान गरिसकेको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

